×

NMB BANK
NIC ASIA

जर्मनी र अमेरिकाले युक्रेनलाई ट्यांक दिने, पछि हट्ला रुस ?

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनी र अमेरिकाले युक्रेनलाई ट्यांक दिने निर्णय लिनु भनेको त्यस देशलाई पश्चिमले गरेको राजनीतिक सहयोगको बलियो उदाहरण हो । यी ट्यांकहरूले रुसी अतिक्रमणकारीहरूलाई पछि हटाउन युक्रेनी सेनालाई सहायता गर्नेछन् । 

Muktinath Bank

युक्रेन तथा अन्य साझेदारले हप्तौंसम्म दबाब दिएपछि बर्लिनले अन्ततोगत्वा आफ्ना १४ वटा लेपर्ड २ ट्यांक पठाउने भएको छ । ती ट्यांकहरू विश्वकै सर्वोत्कृष्ट भएको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरू केही युरोपेली मुलुकहरूले पनि लेपर्ड ट्यांक सञ्चालन गर्ने गरेका छन् र जर्मनीको निर्णयपछि उनीहरूलाई पनि ट्यांक पठाउन सजिलो भएको छ । रुसविरुद्ध प्रत्याक्रमण कारवाही चलाउन युक्रेनलाई आवश्यक अनेकौं हतियारमध्ये ट्यांक सबभन्दा महत्त्वपूर्ण हो । 


Advertisment
Nabil box
Kumari

‘युक्रेनलाई ५ हजार हेल्मेट दिएबाट अहिले लेपर्ड ट्यांकसम्म,’ जर्मन मार्शल फन्डका अनुसन्धाता ब्रुनो लेतेले टिप्पणी गरे । युद्ध शुरू भएपछि जर्मनीले युक्रेनलाई हेल्मेट दिने निर्णय लिँदा त्यसलाई मजाकमा उडाइएको थियो । 

Vianet communication
Laxmi Bank

‘एक वर्षभन्दा कम समयमा जर्मनीले दोस्रो विश्वयुद्धपछि सात दशकको शान्तिवादी नीतिलाई भंग गरेको छ,’ उनले थपे, ‘उसले यो अनिच्छाका साथ गरेको भए पनि यो आफैंमा प्रमुख मोड हो ।’

बेलायतले पनि युक्रेनलाई च्यालेन्जर ट्यांक दिने प्रतिज्ञा गरेको छ । अनि अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई ३१ वटा एम१ अब्राम्स ट्यांक दिने घोषणा बुधवार गरेका छन् । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले युक्रेनलाई लक्लर्क ट्यांक दिने विषयमा विचार गरिरहेको आइतवार संकेत दिएका छन् । 

बर्लिन, पेरिस र वाशिङटनले युक्रेनलाई हलुका वाहन पनि दिने प्रतिज्ञा गरेको सन्दर्भमा पश्चिमको यो ऐक्यबद्ध प्रयास रुसका लागि नकारात्मक घटनाक्रम हो । युक्रेनलाई पश्चिमले लामो समयसम्म सहयोग गर्न नसक्ने कुरामा रुस ढुक्क थियो । 

युद्धको अग्रमोर्चामा खटिएका ट्यांकहरू पठाउँदा युद्ध दायरा फराकिालो हुने भनी बर्लिनले चिन्ता व्यक्त गरेको भए पनि त्यो मत्थर भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता कैयौं वर्जनाहरू समाप्त भइसकेका छन् । 

‘सन् २०२२ मा दिइएका हावित्जर र मल्टिपल रकेट लोन्चरहरू पनि यत्तिकै गम्भीर थिए किनकि युद्धको परिणाम निर्धारण गर्ने काममा आर्टिलरी बढी शक्तिशाली छ,’ युक्रेनका सैन्य विश्लेषक माइकोला बिलिस्कोभ बताउँछन् । 

युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउनका लागि अमेरिकीहरूले पेट्रियट क्षेप्यास्त्र पनि दिने प्रतिज्ञा गरेका छन् । पश्चिममा उपलब्धमध्ये यो उत्कृष्ट हतियार प्रणाली हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x