२२ जेठ २०८३, शुक्रबार

बाबा रामदेवको दाबी– चार टुक्रामा बाँडिन्छ पाकिस्तान

माघ १२, २०७९
बाबा रामदेवको दाबी– चार टुक्रामा बाँडिन्छ पाकिस्तान

भारतका योगगुरु बाबा रामदेवले बिहीवार देशको गणतन्त्र दिवसका अवसरमा पाकिस्तानका बारेमा विवादास्पद बयान दिएका छन् । 

पाकिस्तान छिट्टै नै चार टुक्रामा बाँडिने र सानो देश बन्ने उनको भनाइ छ । बलुचिस्तान, पाकिस्तानअधीस्थ कश्मीर (पीओके) र पञ्जाब बेग्लै राज्य अनि पाकिस्तान छुट्टै राज्य बन्ने उनले दाबी गरे । 

पीओके भारतमा विलय हुने अनि बलुचिस्तानले पनि आफैं भारतसँग मिसिन निवेदन दिने पनि रामदेवले बताए । 

त्यसबाहेक पनि बाबा रामदेवले अन्य टिप्पणी गरेका छन् । हिन्दू सनातन धर्मलाई अपमान गर्ने गरी धार्मिक आतंकवाद चलिरहेको उनको भनाइ छ । 

धर्मशास्त्र तथा महापुरुषहरूको चरित्रमा लाञ्छना लगाउनेहरू भारतविरोधी तथा अन्तर्राष्ट्रिय शक्तिको कठपुतली भएको उनको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्