२९ जेठ २०८३, शुक्रबार

अवैध लागूऔषधसहित दुई पक्राउ

अवैध लागूऔषधसहित दुई पक्राउ

हेटौंडा उपमहानगरपालिका –१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ केजीसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेको प्रहरीले जनाएको छ ।  

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्