३१ जेठ २०८३, आइतबार

निर्वाचनमा अनलाइनको खासै दुरुपयोग भएनः अध्यक्ष बस्नेत

निर्वाचनमा अनलाइनको खासै दुरुपयोग भएनः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको खासै दुरुपयोग नभएको बताएका छन् । बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका हुन् । 

निर्वाचनअघि उम्मेदवार र दलहरुले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने होकि भन्ने त्रासदी भएको भएपनि परिणाम त्यस्तो नभएको उनको भनाइ छ । निर्वाचन गराउन सरकारी संयन्त्रहरु प्रभावकारी देखिएको उनले बताए । 

उहाँले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरुलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनहरुलाई सच्याउनुपर्ने बताए । सञ्चार माध्यमलाई थप जिम्मेवार र पारदर्शी बनाउनेगरी काउन्सिलले आवश्यक काम गरिरहेको उनको भनाइ छ ।   

salt training

कमेन्ट गर्नुहोस्