१९ असार २०८३, शुक्रबार

बलिउडमा 'पठान'को नयाँ रेकर्ड: दोस्रो दिन सर्वाधिक कमाउने पहिलो भारतीय फिल्म

बलिउडमा 'पठान'को नयाँ रेकर्ड: दोस्रो दिन सर्वाधिक कमाउने पहिलो भारतीय फिल्म

बलिउड अभिनेता शाहरुख खानको 'पठान'ले रिलिजको दोस्रो दिन ७० करोड भारु कमाउन सफल भएको छ।

हिजो (जनवरी २६) फिल्मले बक्स अफिसमा कमाएको रकम रिलिजको दोस्रो दिन धेरै कमाउने पहिलो बलिउड फिल्म बनेको छ।

घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२६ करोड भारु माथि पुगेको छ।

पहिलो दिन ५६ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म पनि बनेको थियो। 

विश्वव्यापी रूपमा हेर्ने हो भने 'पठान'ले दुई दिनमा २२० करोडभन्दा माथि कमाइसकेको छ।

बक्स अफिस इन्डिया रिपोर्टअनुसार 'पठान'ले दोस्रो दिन मात्र विश्वव्यापी रूपमा १ सय १२ करोड भारु कमाएको छ। विश्वव्यापी रूपमा पहिलो दिन फिल्मले १ सय ३ करोड रुपैयाँ कमाएको थियो।

अर्थात् विश्वव्यापी रूपमा दुई दिनमा फिल्मले २ सय १५ करोड रुपैयाँ कमाएको हो।

salt training

कमेन्ट गर्नुहोस्