१० साउन २०८३, आइतबार

रवि लामिछानेको समर्थनमा सर्वोच्च परिसरमा लाग्यो नारा

रवि लामिछानेको समर्थनमा सर्वोच्च परिसरमा लाग्यो नारा

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको समर्थनमा नाराबाजी शुरु भएको छ।

सर्वोच्च परिसरमा उनका समर्थकहरूले नाराबाजी गरेका हुन्। उनीहरूले 'रवि दाइ हाइ हाइ', 'निर्वाचन आयोगलाई कारबाही', 'न्यायालय मुर्दाबाद'​ को नारा लगाएका छन्।  

सर्वोच्चको निर्णय आएसँगै उनको समर्थनमा एक्कासि भीड बढेको थियो। 

उनका समर्थकले नारा लगाएपछि सुरक्षाकर्मीले बल प्रयोग उनीहरूलाई हटाएको छ। रविका समर्थक उग्र बनेपछि सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या थप बढाइएको छ । न्यायाधीशलाई पनि उच्च सुरक्षा दिएर सर्वोच्च परिसरबाट निकालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्