३१ असार २०८३, बुधबार

भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

झापा प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट शुक्रबार खटेको प्रहरी टोलीले सो सामग्री बरामद गरेको हो । व्यापारीले लुकाइ छिपाई भन्सार छली ल्याइएका ती सामग्री मेची भन्सार कार्यालय काकरभिट्टालाई प्रहरीले बुझाएको छ ।

गौरीगञ्ज गाउँपालिका ३ कृष्णे खोलास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी ८ हजार बवारको चिनी र २ बोरा युरीया मल (१०० के.जी.) नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । 

यस्तै, ईलाका प्रहरी कार्यालय गौरिगंजबाट खटेको प्रहरी टोलिले झापाको गौरिगञ्ज गाउँपालिका ५ रतुवा खोलास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदैगरेको अन्दाजी ५९ हजार ५०० मूल्य बराबरको चप्पल ३१५ जोर, गमला ६० थान, किचनको सामान, बच्चाको कपडा र बच्चाको खेलौना नियन्त्रणमा लिएको छ । आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको प्रहरीको भनाइ छ । 

सोहीअनुसार मेचिनगर नगरपालिका ६ भन्सार गेटस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी १० हजार ८०० मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्