
एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका–२२ बस्ने २४ वर्षीय सन्तोष यादव शुक्रबार पक्राउ परेका छन् । सिरहा नगरपालिका–७ स्थित एक घरमा यादव र पहिचान नखुलेका २३ वर्षीय सरोजकुमार यादवले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए ।
सन्तोष पक्राउ परे पनि सरोज अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरीले सन्तोषलाई पक्राउ गरेको हो । हाल फरार सरोजको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।