०९ साउन २०८३, शनिबार

‘सर्वोच्चको फैसलाले बेतिथी रोकेको छ’

‘सर्वोच्चको फैसलाले बेतिथी रोकेको छ’

नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री डा. भीमबहादुर रावलले रवि लामिछानेको विरुद्धमा फैसला गरेर सर्वोच्च अदालतले बेथिती रोकेको बताएका छन् । सर्वोच्चको उत्प्रेषण आदेश लगत्तै उनले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै सो कुरा बताएका हुन् । 

उनले दोहोरो नागरिकता प्रदान गर्ने कर्मचारीलाई समेत छानविन गरी कानुनअनुसार कारवाही हुनुपर्ने बताएका छन् । नागरिकता विवादबारे जानकारी हुँदाहुँदै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाएकोप्रति पनि डा. रावलले प्रश्न उठाएका छन् । 

उनले लेखेका छन्, “नागरिकताबारे गम्भीर प्रश्न जनता र अदालतमा उठेको व्यक्तिलाई उपप्रधान र गृहमन्त्री बनाउनका लागि भूमिका खेल्ने र निर्णय गर्नेहरुले नैतिक जिम्मेवारी लिनुपर्छ ।” लामिछानेको नागरिकता बदर भइसकेपछि कुन कुन नागरिकता कसरी प्राप्त गरे र त्यसमा कसकसको संलग्नता छ छानविन हुनुपर्ने उनले माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्