०८ साउन २०८३, शुक्रबार

एलिजा गौतम आज नागरिक उन्मुक्तिमा प्रवेश गर्दै

एलिजा गौतम आज नागरिक उन्मुक्तिमा प्रवेश गर्दै

रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती नायिका तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । आज शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमबीच गौतमलाई पार्टी प्रवेश गराउन लागिएको लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले जानकारी दिए । 

गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी श्रीमती रन्जीता श्रेष्ठ चौधरी भैरहवा आउने कार्यक्रम रहेको नेता चौधरीले बताए । ‘खासमा यो कार्यक्रम नेपालगञ्जमा गर्ने तयारी थियो, तर सहजताका लागि भैरहवामा गर्ने सहमति भयो’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्