२८ जेठ २०८३, बिहीबार

सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेनः पूर्वसभामुख ढुंगाना

सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेनः पूर्वसभामुख ढुंगाना
फाइल तस्वीर

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्न एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा उनले संविधान बनाउने तर कार्यान्वयन नहुने चिन्ता व्यक्त गरे।

नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको उनको भनाइ थियो।

तत्कालका लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति उनले दुःख व्यक्त गरे ।

पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए।

उनले भने, ‘संविधान युगौंयुगको लागि बनाइने हो, तर हामीलाई तत्काल एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्न बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालिक कुरालाई रोक्न संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।’

पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्न बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्