×

NMB BANK
NIC ASIA

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

माघ १४, २०७९

NTC
Premier Steels

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

Muktinath Bank

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शङ्काको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो ।

Vianet communication

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शङ्कर महतोसँग रू ५० हजार दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटहीस्थित सीमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको वयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

हतियार बिक्री गर्ने शङ्कर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमार्फत् जनाकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x