२३ असार २०८३, मंगलबार

भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट ६०० वर्ष पुराना ढुंगा अयोध्या लगिँदै, भारतमा चर्चा

माघ १५, २०७९
भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट ६०० वर्ष पुराना ढुंगा अयोध्या लगिँदै, भारतमा चर्चा

भारतको उत्तर प्रदेशको अयोध्यामा भगवान् श्रीरामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट ६०० वर्ष पुराना शालिग्राम ढुंगा लगिँदैछन् ।

अयोध्यामा ऐतिहासिक राम मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ । आगामी वर्ष जनवरीमा मन्दिर निर्माण कार्य सम्पन्न हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यो मन्दिरमा राख्ने मूर्ति नेपालको कालीगण्डकी नदीको शालिग्राम ढुंगाबाट बनाइने भएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट कार्यालयका पंभारी प्रकाश गुप्ताले विश्व हिन्दू परिषद्का पदाधिकारीको प्रतिनिधिमण्डल ढुंगा ढुवानीको काममा खटिएको छ । भगवान् रामको मूर्ति बनाइने शालिग्राम ढुंगालाई विष्णुको रूपमा मानिन्छ  । ढुंगा ल्याउन लागेको विषयलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्