आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड र रोमान्टिक अवतारमा क्लबमा नृत्य गरेकी छिन् ।
कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्सन एन्ड्रियूजको स्वर छ ।
डाक्टर कपिल रिजालको डेब्यू निर्देशकीय फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई लगायतको अभिनय छ । जितु यसै फिल्ममार्फत पहिलोपटक लिड रोलमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।