२३ असार २०८३, मंगलबार

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या छिट्टै समाधान हुन्छ– नगरप्रमुख

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या छिट्टै समाधान हुन्छ– नगरप्रमुख

बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप बिछ्याइरहेको जानकारी दिए ।

 कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै समाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यसपटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का  अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्