१२ साउन २०८३, मंगलबार

प्यालेस्टाइनीहरूको घर बुलडोजर लगाएर भत्काउने इजरायल सरकारको योजना

माघ १५, २०७९
प्यालेस्टाइनीहरूको घर बुलडोजर लगाएर भत्काउने इजरायल सरकारको योजना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । 

पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हानी सातजना यहुदीको ज्यान लिएपछि नेतान्याहुले यस्तो कदमको घोषणा गरेका हुन् । इजरायली नागरिकलाई बन्दूक राख्न पाउने अनुमतिलाई तीव्रता दिने र अवैध हतियार जम्मा गर्ने प्रयासलाई अघि बढाउने पनि उनले बताएका छन् । 

अनि आतंकवादको समर्थन गर्ने प्यालेस्टाइनीहरूको घरलाई सीलबन्दी गरी डोजर चलाएर भत्काइदिने पनि उनले बताएका छन् । आक्रमणकारीको परिवारका लागि सामाजिक सुरक्षा लाभ पनि रद्द गरिएको उनको भनाइ छ ।

अनि पश्चिमी किनारमा यहुदी बस्ती थप बलियो बनाउने पनि उनले बताए ।  

नेतान्याहुको यस भनाइका कारण उक्त क्षेत्रमा तनाव र शंका थप बढ्ने आशंका गरिएको छ । अनि अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले उक्त क्षेत्रको भ्रमण गर्न लागेकोमा त्यो पनि स्थगित हुन सक्ने देखिएको छ । 

अमेरिकाले साइनागगमाथि गरिएको आक्रमणको निन्दा गरेको छ तर पूर्वी जेरुसेलम र पश्चिमी किनारमा यहुदी बस्तीहरूको निर्माणको विरुद्ध रहेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्