०८ असार २०८३, सोमबार

मध्यरातमा यस्तो भेटिएपछि हंगामा

कात्तिक २०, २०७४
मध्यरातमा यस्तो भेटिएपछि हंगामा
काठमाडौँ, ५ भदौ - निर्धारित मिति सकिएपछि घरमै बसेर अवैध रूपमा मतदाता नामावली संकलन गरेको आरोपमा निर्वाचन आयोगका कर्मचारीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ–८ स्पेसल चोकस्थित दीपक निरौलाको घरमा मतदाता नामावली संकलन गरिरहेको अवस्थामा शनिबार राति प्रहरीले निर्वाचन आयोगका कर्मचारी आकृत खत्री तथा बूढानीलकण्ठ नगरपालिका–९ का अध्यक्ष राजेन्द्र सापकोटा र घरबेटी निरौलालाई पक्राउ गरेको हो ।matdata

एमालेका स्थानीय नेता निरौलाको घरमा बसेर फोटो खिच्ने र मतदाता नामावली थप्ने क्रममा शनिबार राति साढे ८ बजे उनीहरू पक्राउ परेका हुन् । ल्यापटप तथा क्यामरासहित उनीहरूलाई पक्राउ गरी जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

प्रहरी निरौलाको घरमा पुग्दा मतदाता नामावली दर्ता गर्न २६ जना स्थानीय पुगेका थिए । स्थानीय कांग्रेस कार्यकर्ताले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । कानुनविपरीत मतदाता नामावली दर्ता गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । शनिबार नै मतदाता नामावलीमा संकलनको समय सकिएको थियो । घटनाको विषयमा छानबिन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीयले घटनाको विरोध गर्दै आइतबार बूढानीलकण्ठ नगरपालिका कार्यालय बन्द गराएका छन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्