२३ असार २०८३, मंगलबार

ईसेवाको 'ब्राण्ड हिरो'मा दयाहाङ राई

ईसेवाको 'ब्राण्ड हिरो'मा दयाहाङ राई

रेमिट्यान्स् कम्पनी ईसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई 'ब्राण्ड हिरो'को रूपमा आबद्ध गरेको छ ।

यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँग आबद्ध छन् ।

राई ईसेवा मनी ट्रान्सफरका यूएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरूसँग मिलेर सम्पन्न हुने विभिन्न 'मेरो डिजिटल देश' अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय सहभागी हुने ईसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अवसरमा कलाकार राइले भने, 'ईसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसँग आबद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु। विदेश  गएर काम गर्दै आउनुभएका दाजुभाइ–दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ।'

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, 'राईजस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आबद्ध गर्न पाउँदा सम्पूर्ण ईसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ।'

ईसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान शुरू गरेको थियो ।

हाल यस अभियानमा विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागीता रहेको छ र यसैअनुरुप अभियान निरन्तर रुपमा सञ्चालन हुने ईसेवा मनी ट्रान्सफरले जनाएको छ।

यस अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्।

साथै, विदेशबाट आएको नगद रेमिट्यान्स ईसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

salt training

कमेन्ट गर्नुहोस्