
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको सांसद पद जानुका साथै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । आज उनले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनः कायम गराएपछि पार्टीको सभापतिमा फेरि चयन भएका थिए । लगत्तै उनी प्रधानमन्त्री भेट्न पुगेका हुन् । रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनु पर्ने बताएको छ ।