२८ जेठ २०८३, बिहीबार

मलेसियाका गृहमन्त्री इस्माइलले नेपाल भ्रमण गर्ने

मलेसियाका गृहमन्त्री इस्माइलले नेपाल भ्रमण गर्ने

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

राजदूत पौडेलले मानव संशाधनमन्त्री भी. शिवकुमारसँग पनि भेट गरेका छन् । भेटमा नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।  

नेपाली युवाहरुका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि गर्नेेबारे उनले विचारबिमर्स गरेका छन् । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी गरेका छन् ।   

उनले दुई पक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी बढ्ने बारेमा छलफल भएको पौडेलले बताएका छन् । 

गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको उनले बताए । भ्रमणका क्रममा मलेसियाको ’फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्