०६ असार २०८३, शनिबार

प्रहरीद्वारा १८ केजी गाँजा बरामद

प्रहरीद्वारा १८ केजी गाँजा बरामद

विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको को.१३ प ४६६८ नम्बरको मोटरसाइकल चालकले देख्नासाथ मोटरसाइकल सोही स्थानमा छाडी फरार भएपछि प्रहरीले सो गाँजा बरामद गरेको हो ।  

प्रहरीले मोटरसाइकल छाडी फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्