
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि आज छलफल गर्ने बताएका छन्।
कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको बेला प्रचण्डले चासो लिएका हुन्।
मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा लुकाएको आरोप लाग्दै आएको छ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘ सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।