१२ साउन २०८३, मंगलबार
एमाले महासचिवको अभिव्यक्ति

कांग्रेसले राष्ट्रपति दाबी गर्न मिल्दैन, प्रचण्डको भूमिकाप्रति आशंका छैन– शंकर पोखरेल

कांग्रेसले राष्ट्रपति दाबी गर्न मिल्दैन, प्रचण्डको भूमिकाप्रति आशंका छैन– शंकर पोखरेल
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताए ।

‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सचिन्नुपर्छ ।’ 

नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद् रहेको महासचिव पोख्रेलको भनाइ छ । 

राष्ट्रपति चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नरहेको दाबी समेत उनले गरे । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको तर्क छ ।

‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’ 

अस्थिरता निम्त्याउनका लागि कांग्रेसले प्रयास गरे पनि त्यो सफल नहुने उनले बताए ।

रवि लामिछानेलाई गृहमन्त्री बनाउन एमाले अध्यक्षले दबाब दिनुभएको हो ? भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यस्तो कुनै दबाब नदिएको जिकिर गरे ।

गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएर मात्रै टुंगोमा पुगिने उनले बताए ।

उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । न्यायालयको भूमिका निष्पक्ष नदेखिएको उनको आरोप छ ।
 

salt training

कमेन्ट गर्नुहोस्