२७ जेठ २०८३, बुधबार

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला
प्रतिकात्मक तस्वीर

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको निष्कासन गरेको छ ।

कम्पनीले सोमवारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन –आईपीओ) बिक्री खुला गरेकोे हो । 

कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ३ हजार ३८० कित्ता साधारण शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ ।

निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत् शेयर खरिदको आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । 

कम्पनीलाई केयर रेटिङस नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्