भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले कश्मीरको श्रीनगरमा सोमवार भारत जोडो यात्रा समापन गरेका छन् ।
कांग्रेस कार्यालयमा राष्ट्रिय झण्डा तिरंगा फहर्याएर उनले यात्रा टुंग्याएका हुन् ।
आजभन्दा १४५ दिनअघि राहुलले कन्याकुमारीबाट उक्त यात्रा शुरू गरेका थिए ।
श्रीनगरमा बिहानैदेखि हिउँ परिरहेको छ । राहुलले दिदी प्रियंकासँग हिउँ खेलेका पनि छन् ।
हिउँ परे पनि कांग्रेस कार्यकर्ताहरू राहुलका लागि उत्साहित छन् । उनीहरू राहुलको भाषण सुन्न बिहानैदेखि भेला भएका छन् ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :