०३ साउन २०८३, आइतबार

युक्रेनलाई लडाकू विमान पठाउन चाहन्छ अमेरिका

माघ १६, २०७९
युक्रेनलाई लडाकू विमान पठाउन चाहन्छ अमेरिका
Getty Images

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले युक्रेनलाई एफ–१६ लडाकू विमान पठाउन चाहेका छन् । 

जर्मनी र अमेरिकाबाट ट्यांक प्राप्त गरेपछि युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले अब लडाकू विमान र लामो दूरीको हतियार माग्न थालेका छन् । 

जेलेन्स्कीले चौथो पुस्ताको लडाकू विमानको माग गरेका छन् । त्यो विमान १२ सय माइल प्रतिघन्टाको गतिमा उड्न सक्छ । 

तर बाइडन प्रशासनमा लडाकू विमान सहयोग गर्ने विषयमा मतभेदको स्थिति छ । 

राष्ट्रिय सुरक्षा उपसल्लाहकार जोनाथन जे फाइनरले यस विषयमा कुनै पक्का निर्णय नगरिएको भए पनि यसको सम्भावना नमरेको बताए । 

‘हामीले कुनै पनि हतियार दिने वा नदिने विषयमा केही भनेका छैनौं,’ फाइनरले बताए ।

यसरी अमेरिकाले एफ–१६ लडाकू विमान दिएमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित बन्नेछन् । अनि रुस र पश्चिमबीच बिग्रेको सम्बन्ध थप खराब बन्न सक्छ ।

जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले युद्धविमान लगायतका सैन्य हतियार छिटो उपलब्ध गराउनका लागि आफूहरूले कुराकानी गरिरहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्