×

NMB BANK
NIC ASIA

बगरखेतीबाट जीविका चलाउँदै थारु समुदाय

माघ १६, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । विगतमा भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गरेका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गरेका छन् ।

Muktinath Bank

पौने २ बिघा बगरमा लौकी, काँक्रा, फर्सी लगायतका तरकारी उत्पादन गरी गाउँमै बिक्रीवितरण गरिरहेका चौधरीले वार्षिक साढे ३ लाख बचत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबै खर्च कटाएर आम्दानी साढे ३ लाख जति हुन्छ, बगरको कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुगेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

चान्देउका सुदराम जस्तै यहाँका २० जना राना र चौधरी थारु समुदायका स्थानीयले ‘एकजुट बगरखेती किसान समूह’ नै बनाएर बगरमा व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

‘समूहमा मासिक ५० रुपैयाँका दरले बचत पनि गर्छाैं,’ चौधरीले भने, ‘मलखाद खरिद गर्नेदेखि आयमूलक कामका लागि लगानी गरिन्छ ।’ बगरमा तरकारी खेती गर्न थालेपछि मजदूरीका लागि भारतलगायत अन्यत्र जाने बाध्यता हटेको किसानहरू बताउँछन् ।

बजारीकरणका लागि सरोकारवाला निकायबाट सहयोग भएको अवस्थामा उत्पादनमा समेत वृद्धि हुने उनीहरूको भनाइ छ ।

स्थानीय रामदयाल रानाले पनि १ बिघामा बगरखेती गरेर घरखर्च चलाउन थालेको ४ वर्ष भइसकेको छ । ‘कृषि ज्ञान केन्द्र, पालिका र दातृ निकायबाट बिउबीजन सहयोग भएको छ तर बजारीकरणमा भने समस्या छ,’ रानाले भने । 

महेन्द्रनगर, धनगढी, अत्तरिया लगायतका बजारमा उत्पादित तरकारी लैजान सवारीसाधनको समस्या रहेको उनले बताए । बजारसम्म तरकारी पुर्‍याउने साधन कहीँबाट अनुदानमा पाए उत्पादन अझ वृद्धि गर्न सकिने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले बगर खेती गर्ने किसानलाई बीउबीजन लगायतको सहयोग गर्दै आएकामा यसवर्ष भने अनुदान सहयोग कार्यक्रम नभएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x