२६ जेठ २०८३, मंगलबार

पाकिस्तान : पेशावरको मस्जिदमा बम आक्रमण, २८ जनाको मृत्यु

माघ १६, २०७९
पाकिस्तान : पेशावरको मस्जिदमा बम आक्रमण, २८ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा सोमवार बम विस्फोट हुँदा कम्तीमा २८ जना मारिएको र १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

मस्जिदमा उद्धारकार्य चलिरहेको पेशावरका कमिस्नर रियाज महसूदले बताएका छन् । 

घाइते भएका मानिसको अवस्था गम्भीर रहेको लेडी रेडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले बताए । 

विस्फोटपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रहरी अधिकृत इजाज खानले मस्जिदको छानो खसेको बताए । केही जवानहरू भग्नावशेषमा पुरिएको र उद्धारकर्ताहरूले उनीहरूलाई निकाल्न कोशिश गरेको उनको भनाइ छ । 

प्रधानमन्त्री शहबाज शरीफ लगायतका शीर्ष अधिकारीहरूले यस आतंकवादी आक्रमणको निन्दा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्