३१ जेठ २०८३, आइतबार

अयोध्याका लागि जनकपुरबाट यसरी प्रस्थान गराइयो 'देव शिला'

अयोध्याका लागि जनकपुरबाट यसरी प्रस्थान गराइयो 'देव शिला'
तस्वीर : रासस

कालीगण्डकी नदीबाट निकालिएको 'देव शिला'लाई भारतको अयोध्याका लागि प्रस्थान गराइएको छ ।

माता सीताको जन्मस्थान जनकपुरधामबाट शिला रामको जन्मस्थान अयोध्याका लागि प्रस्थान गराइएको हो ।

शिलासँगै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायत पनि अयोध्या प्रस्थान गरेका छन् ।

उक्त शिलाबाट अयोध्यामा निर्माणाधीन राम मन्दिरको मुख्य गर्भगृहमा राख्न भगवान रामको बालापनको प्रतिमा निर्माण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्