
मधेश प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ ।
आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका १ हजार ३०० प्रहरी कर्मचारीहरूमध्ये अहिले ७५० प्रहरीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता ल्याएको प्रदेश प्रहरीले जनाएको छ ।
काजमा गएका प्रहरीहरूले सीमा नाकाहरूमा गैरव्यावसायिक गतिविधि गरेको गुनासोका आधारमा प्रदेश प्रहरीले दरबन्दीमा फिर्ता बोलाएको जानकारी दिएको छ ।