
झापा प्रहरी कार्यालयबाट खटेको प्रहरी गस्ती टोलीले भन्सार छलीगरी अवैध रुपमा ल्याइएका लाखौं रुपैयाँ बरावरको सामान सोमबार बरामद गरेको छ । प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार प्रहरी चौकी बाहुनडाँगीबाट खटेको प्रहरी टोलीले सो सामान बरामद गरेको हो ।
झापा मेचिनगर नगरपालिका वडा ४ मितेरी टोलस्थित भारतबाट नेपालतर्फ आउँदैगरेको क१६ प. ९८५८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदैगरेको अन्दाजी ७६ हजार ७०५ मुल्य बराबरको मोटरसाईकलको स्पेयर पार्टस्हरु फेला परेको प्रहरीले जनाएको छ । सो मोटरसाईकलसहित जिल्ला झापा बुद्धशान्ति गाउँपालिका ६ बस्ने बर्ष २३ को सुसिल थापा र २१ वर्षे सुमन थापा लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको छ ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर न.पा. ६ बसपार्क स्थित भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदैगरेको अन्दाजी १६ हजार मुल्य बराबरको ३२ जोर जुत्ता नियन्त्रणमा लिएको छ । बरामद भएको सामानको आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी वसन्त पाठकले बताए ।
सोहीअनुसार प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले झापा भद्रपुर न.पा. ५ मेचीपुल स्थित भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदैगरेको अन्दाजी सात हजार ७४० रुपैंया बराबरको मैदाको पिठो ९६ किलोग्राम र चिनी ४९ किलोग्राम नियन्त्रणमा लिएको छ । त्यसको आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको प्रहरीले जनाएको छ ।
यसैबीच ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर न.पा. ५ मेचि खोलास्थित भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदैगरेको अन्दाजी ३५ हजार मुल्य बाराबरको ४० थान कुर्था सुरुवाल नियन्त्रणमा लिएको पाठकले बताए ।