२९ जेठ २०८३, शुक्रबार

आर्थिक संकट समाधान गर्न सरकारसँग एकीकृत समाजवादीको माग

आर्थिक संकट समाधान गर्न सरकारसँग एकीकृत समाजवादीको माग

नेकपा (एकीकृत समाजवादी) दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आर्थिक संकट अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएर सो दलले आज विहान ९ः३० बजे ज्ञापनपत्र बुझाएको हो ।

समाजवादीका नेता डा. विजय पौडेलले निजी र सहकारी क्षेत्रलाई विशेष सहुलियत दिएर विद्युत उत्पादनको माग सरकारसँग गरिएको बताए । भ्रष्टाचार मुक्त गर्ने अभियान सञ्चालन गर्न, बैंकको समस्या समधान गर्न, कर्जा दिंदा १२ प्रतिशत बढी नहुनेगरी व्यवस्था गर्न सो दलले माग गरेको छ । 

व्याज लिएका कृषकका लागि आगामी २०८० असार मसान्तसम्म भाकाको व्यवस्था गर्न माग गर्दै सो दलले असंगठित क्षेत्रका श्रमिकलाई तोकिएको ज्यालाको व्यवस्था गर्न पनि माग गरेको छ । ज्ञापनपत्रमा उठाएको विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानमा ध्यान दिन आफ्नो दलले सरकारको ध्यानाकर्षण गराएको नेता पौडेलले बताए ।

जनतामा आर्थिक विषयलाई लिएर एक किसिमको निराशा आएकाले त्यसलाई विलम्ब नगरी चिर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिएको उनले बताए । सरकारको तर्फबाट आफू गम्भीर रहेको र समस्या समाधानका लागि लाग्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएको नेता पौडेलले बताए । ज्ञापनपत्र बुझाउन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता पौडेल, गंगालाल तुलाधार लगायतका नेता बालुवाटार पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्