३० जेठ २०८३, शनिबार

मालिस गर्ने र दाँत सेतो पार्ने तेल भनेर बेचिरहेका छन्, तिनीहरूलाई नियमन गर्नु छ-राज्यमन्त्री कार्की

मालिस गर्ने र दाँत सेतो पार्ने तेल भनेर बेचिरहेका छन्, तिनीहरूलाई नियमन गर्नु छ-राज्यमन्त्री कार्की
फाइल तस्वीर

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन्।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरू, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनु भन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन्।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरूको आफूखुशी प्रयोग हुने र औषधिहरू पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन्।

नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने उनको भनाइ थियो।

उनले देशभित्रै औषधिहरूको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन्।

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताइन्।

salt training

कमेन्ट गर्नुहोस्