२३ जेठ २०८३, शनिबार

भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल जहाँको त्यहीँ

भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल जहाँको त्यहीँ

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टमा २०२२ मा नेपालले १०० मा ३४ अंकमात्रै प्राप्त गरेर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पमिद्मनी प्रधानाङ्गले सीपीआई २०२१ को रिपोर्टअनुसार नेपालले ३३ अंक पाएर ११७ औं स्थानमा रहेकोमा यो पटक १ अंकले केही सुधार देखिएको भए पनि भ्रष्टाचार न्युनीकरण भएको भन्न नसकिने बताइन्।

उनले यो वर्ष सीपीआई १८० मुलुकमा गरेको बताइन्।

उनले रिपोर्टमा सूचकाङ्कमा १०० अंक ले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको बताइन्।

यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको बताइन्।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिन्।

सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२५ औं), मालदिभ्सले ४० अङ्क (८५ औं), भारतले ४० अङ्क (८५ औं), श्रीलङ्काले ३६ अङ्क (१०१ औं), नेपालले ३४ अङ्क (११० औं), पाकिस्तानले २७ अङ्क (१४० औं), बङ्गलादेशले २५ अङ्क (१४७ औं) र अफगानिस्तानले २४ अङ्क (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औं) प्राप्त गरेको बताइन्।

salt training

कमेन्ट गर्नुहोस्