२५ जेठ २०८३, सोमबार

सबै नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार छ-श्रममन्त्री अर्याल

सबै नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार छ-श्रममन्त्री अर्याल

श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाउने भएको छ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा यस्तो बताएका हुन्।

सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिका लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे।

मन्त्री अर्यालले सोमबारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्बाध रूपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए ।

अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने जानकारी उनले दिए।

उनले आफ्नो छुट्टै सावरी साधन नभएका अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार छिर्न वञ्चित हुन नपर्ने बताए ।

मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएको बताए ।

उनले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने बताए ।

मन्त्री अर्यालले सोमवारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको बताए ।

उनले वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरूको आत्मबलमा ठेस पुगेको बताए ।

मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरिएको बताए ।

श्रमिकका गुनासो र समस्या सुन्न ६ महिनाभित्र श्रमाधान मोबाइल एप र श्रमसम्बन्धी सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताए ।

श्रमसम्बन्धी आएका गुनासाहरू ६ महिनाभित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको पनि उनले बताए ।

६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीहरूसँग जानकारी लिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्