२२ जेठ २०८३, शुक्रबार

‘बसौन तिमी र म’ म्युजिक् भिडियो सार्वजनिक

‘बसौन तिमी र म’ म्युजिक् भिडियो सार्वजनिक

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको सो गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले आवाज दिएका छन् । शब्द र संगीत रवि मल्लको रहेको छ ।

गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् । मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको  भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडियोलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् । सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै, भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशवराज भट्टले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्