
राष्टिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहकार्य नगरी निर्णय गर्नेगरेकाले उनको निर्णय कार्यान्वयनमा समस्या आउनेगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा आज बुधबार ट्वीट गर्दै नेता लोहनीले त्यस्तो बताएका हुन् । मेयर साह कामप्रति इमान्दार भए पनि गलत निर्णयको शिकार उनी भइरहेको डा. लोहनीको भनाइ छ ।
उनले लेखेका छन्, “निस्केका समस्याबारे संवेदनशील भएर जनतासँग सम्वाद गर्न नसक्ने उनको राजनीतिक शैलीले कामनपामा धेरै समस्या ल्याएको छ, समयमै चेतना भया ।”