
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले संस्थाप्रति असन्तुष्टि बढेपछि पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएको क्यानले जनाएको छ । नेपाल टी २० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएको बताएका छन् ।
२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले सम्हालेका थिए । मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई दिएको क्यानले जनाएको छ ।