
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधवार ५०० रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधवार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँ पुगेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।