
काठमाडौं, ५ भदौ - राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब तराईका बाढी पीडितका लागि प्रदान गरेकी छन् । तराई क्षेत्रका बाढी पीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
राष्ट्रपति कार्यालयका अन्य कर्मचारी तथा विज्ञहरुले पनि एक दिन देखि ७ दिन सम्मको रकम बाढी पीडितका लागि हस्तान्त्रण गरेका छन् ।