०४ असार २०८३, बिहीबार

भारतविरुद्ध चीनले बनायो अर्को भिडियो (भिडियो सहित)

कात्तिक २०, २०७४
भारतविरुद्ध चीनले बनायो अर्को भिडियो (भिडियो सहित)

काठमाडौं, ६  भदौ — डोक्लाम विवादका विषयमा भारत र चीन अझै पनि आमनेसामने छन् । दुवै देशका मिडियामा एकअर्काका विरुद्ध चर्का बयानबाजीहरू भइरहेका छन् ।


यही क्रममा चिनियाँ मिडियाले नयाँ भिडियो सार्वजनिक गरेको छ । समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको यो भिडियोको नाम टक इन्डिया हो ।

नयाँ भिडियोमा एक चिनियाँ एंकरले डोक्लाम विवादमा चिनियाँ पक्ष सही र भारतीय पक्ष गलत भएको बताएका छन् ।

भारतको संस्कृति र इतिहासको अवाला दिँदै एंकरले भारतलाई विवादित क्षेत्रबाट सैनिक हटाउन र दुई देशबीचको सम्बन्ध बलियो बनाउन भनेका छन् ।

यसअघि चिनियाँ मिडियाले सेभेन सिन्स (सात पापहरू) नामक भिडियो बनाएर भारतको मजाक उडाएको थियो ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्