मुम्बई, ५ भदौ– पछिल्लो केही समयदेखि नै दक्षिण भारतीय अभिनेता रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ चर्चामा छ । तर फिल्म रिलिज हुने मिति भने धेरैपटक सारिँदै आएको छ ।
खासगरेर फिल्मको ग्राफिक्स सम्बन्धी कामका कारण रिलिज डेट सारिँदै आएको थियो । तर भारतीय सञ्चारमाध्यमको समाचार अनुसार अब भने फिल्मको रिलिज मिति निश्चित भएको छ । समाचार अनुसार रजनीकान्त र अक्षय अभिनिति ‘२.०’ आगामी वर्ष सन् २०१८ को २५ जनवरीमा रिलिज हुने छ ।
सोही दिन सिद्धार्थ मल्होत्राको फिल्म ‘अय्यारी’ पनि रिलिज हुने छ । तर उक्त ‘अय्यारी’को रिलिज डेट एक साता सार्ने तयारी भइरहेको समाचार पनि भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।
रजनीकान्त र अक्षयसको फिल्मसँग भिड्नुभन्दा फिल्मको रिलिज डेट नै सार्नु फाइदाजनक हुने ‘अय्यारी’ अभिनेता सिद्धार्थको बुझाइ छ ।
नीरज पाण्डेले निर्माण गरेको फिल्म ‘अय्यारी’मा सिद्धार्थ र मनोज बाजपेयी सैनिक अफिसरको भूमिकामा देखिने छन् ।