२५ असार २०८३, बिहीबार

यो भिडियोले तपाईंलाई अर्कै संसारमा पु-याउँछ

कात्तिक २०, २०७४
यो भिडियोले तपाईंलाई अर्कै संसारमा पु-याउँछ

काठमाडौं — आजकल प्रविधिको जमाना छ । हरेक दिन नयाँ नयाँ कुरा आविष्कार भइरहेका छन् । यी चीजहरूले जीवन आरामदायक बनाएका छन् ।


यसै क्रममा फ्रान्सको एक कम्पनीले कम्प्युटरको सहायताले यस्तो कोठा बनाएको छ जहाँ ढोका खोलेर पसेपछि तपाईं अर्कै संसारमा पुग्नुहुनेछ ।

थिअरिज नामक यो कम्पनीले खाली कोठाहरूमा प्रविधि र कलाको मद्दतले अनौठो गतिविधि गराउँछ । मोसन ट्र्याकिङ र भर्चुअल रियालिटी टूलमार्फत यी कोठाहरू तपाईंसँग कुरा गरेजस्तो अनि तपाईंका हरेक इशारामा प्रतिक्रिया दिएजस्तो देखिन्छन् ।

कम्पनीले बनाएका यी कोठाहरूमा सिँढी चढ्ने, भित्तालाई धकेल्ने लगायतका काम गर्न सक्नुहुन्छ । यो कोठामा पसेपछि अर्कै संसारमा पुगिएको हो कि भन्ने भान पर्छ ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्