
फेसबुकका प्रमुख तथा संस्थापक मार्क जुकरबर्ग फेरि बुवा बन्दैछन् । मार्कले फेसबुकका माध्यमबाट यस कुराको जानकारी दिएका हुन् कि उनी चाढैं नै छोरीको बुवा बन्न लागेका छन् । र, यस पटक पनि उनले आफ्नो छोरीको जन्मदिनमा दुई महिनाको छुट्टी लिनेछन् ।
मार्कले यस वर्ष ९ मार्चमा फेसबुकका माध्यमबाट यस कुराको जानकारी दिएका थिएकी उनी फेरि बावु बन्न लागेका छन् ।
उनले पहिलो सन्तान म्याक्स जन्मदा पनि २ महिनाको सुत्केरि विदा लिएका थिए । मार्कले फेसबुकमा नयाँ आउने सन्तानका लागि चार महिनाको सुत्केरी विदा लिने बताउँदै कामकाजी आमाबुवाले छोराछोरीसँग धेरै समय विताउन सुझाव दिएका छन् ।
उनले पहिलो सन्तान म्याक्स जन्मदा पत्नी प्रिसलाले कठिनाइ भोगको कारण अर्को बच्चाको बारेमो विचार नगरेको भएपनि पत्नी गर्भवती रहेको थाहा भएपछि खुसी लागेको बताए ।
दोस्रो सन्तानका लागि प्रिसिला गर्भवती छिन् र उनको इच्छा छ कि वच्चा स्वास्थ रहोस र छोरी नै जन्मियोस् । उनले दुई सन्तान एक अर्कासँग खुसी हुने विश्वास लिएको बताएका छन् ।