०४ असार २०८३, बिहीबार

‘प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको छ”

कात्तिक २०, २०७४
‘प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको छ”

 

राजविराज (सप्तरी), ५ भदौ - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी र पहिरोका कारण प्रदेश नं २ मा यही असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताउनुभएको छ । 

सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

“असोज २ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा रोकिँदैन,” उहाँले भन्नुभयो । निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनेुका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित हुने यादवको भनाइ थियो । प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको र प्रदेश नं २ मा हुने निर्वाचनमा पूर्ण सुरक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

उहाँले सप्तरीलगायत अन्य जिल्लाका बाढीपीडितको अवस्था अनुगमन गरेको उल्लेख गर्दै सञ्चार माध्यमले यसअघि भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्णमा सम्पन्न गराउन खेलेको भूमिकाको सहराना गर्नुभयो । मतदाता शिक्षाको कार्यक्रम तथा पत्रकारका लागि समेत मतदाता शिक्षा कार्यक्रम पठाउने बताउँदै निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए÷नभएको सम्बन्धमा पत्रकारले निगरानी गर्नुपर्ने आग्रह गर्नुभयो । 

यसअघि प्रमुख आयुक्त डा यादवले सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसँग क्षलफल र जानकारी लिनुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्