२९ जेठ २०८३, शुक्रबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रहरी हिरासतमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रहरी हिरासतमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका –३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्