०७ असार २०८३, आइतबार

सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

हिजो बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका –६ स्थित सडकमा प्रदेश १–०१–००१ ह ७६२९ नम्बरको सीटी सफारी अनियन्त्रित भई बिहीबार दुर्घटना हुँदा सीटी सफारी चालक सोही नगरपालिका –७ करुणाबस्ती बस्ने ७३ वर्षीय जयनारायण ढुंगानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

त्यस्तै,    रोल्पाको रोल्पा नगरपालिका –४ दहरेभिरस्थित सडकमा रा. ३ प १०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

रोल्पा नगरपालिका –४ बाईगाउँ बस्ने २६ वर्षीय पुरन चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्