०५ साउन २०८३, मंगलबार

गृहमन्त्री इजमाइलले आज प्रधानमन्त्री प्रचण्ड र श्रममन्त्री अर्यालसँग छलफल गर्दै

गृहमन्त्री इजमाइलले आज प्रधानमन्त्री प्रचण्ड र श्रममन्त्री अर्यालसँग छलफल गर्दै

बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगायतसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । 

भेटका क्रममा उनले नेपाल–मलेसिया रोजगारीका विषयमा छलफल गर्नेछन् । मन्त्री अर्यालसहितको टोलीसँग उनले विहान १० बजे होटल सोल्टीमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । गृहमन्त्री इजमाइलले श्रमिकको बारेमा छलफल गर्न नेपाल आएको श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे जानकारी दिए। उनी शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्