३१ असार २०८३, बुधबार

गैंडा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैंडा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा
प्रतिकात्मक तस्वीर

दुर्लभ एकसिङ्गे गैंडा संरक्षण सम्बन्धी छलफल शुक्रवारदेखि चितवनमा शुरू हुँदैछ । एसियाका ५ देशका उच्च अधिकारीहरू छलफलमा सहभागी हुनेछन् ।

‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’मा ३ दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने उनले जानकारी दिए ।
  
यससँगै अरु देशबाट पनि गैंडासँग सम्बन्धित विज्ञ सहभागी हुने उनले जानकारी दिए । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उनका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदानप्रदान गर्नेछन् ।
 
विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैंडा क्रमशः भारत र नेपालमा पाइन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ । यसअघि पहिलो बैठक इन्डोनेसिया र दोस्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्