×

NMB BANK
NIC ASIA

हिन्डनबर्गको रिपोर्टपछि अडानी डुब्छन् कि फेरि उकासिन्छन् ?

माघ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा रहेको नोयडास्थित इलेक्ट्रोनिक सिटीबाट दिल्ली जाने मेट्रोको कोच खचाखच भरिएको छ । 

Muktinath Bank

अफिसको पीक टाइम चलिरहेको छ । मुम्बईमा शेयर बजारको कारोबार शुरू हुनै लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोचमा एक व्यक्ति फोनमा कुरा गरिरहेको छ । ऊ भनिरहेको छ, ‘अरे यार, हर्षद मेहता र जेफ बेजोस पनि त अडानी जस्ताको शेयर किनेर नै धनी भएका थिए । के गरूँ भन् न ?’


Advertisment
Nabil box
Kumari

फोनमा कुरा गरिरहेको लगभग ३५ वर्षको जस्तो देखिने यो व्यक्ति साथीसँग तर्कवितर्क गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

‘फ्लिपकार्ट, नाइकी र अमेजनको हालत यस्तो भएको भए म सोचविचार नै गर्ने थिइनँ । तर गौतम अडानीको प्रतिस्पर्धी बजारमै छैन । ऊ डुब्दैन । अडानीको कम्पनी डुबेमा मेरो २ लाख भारु पनि डुब्छ । तर ऊ उकासियो भने मेरो २ लाख सिधै १० लाख भारु हुन्छ ।’

फोनमा बोलिरहेको व्यक्ति आफैंलाई अनि आफ्नो साथीलाई सान्त्वना दिइरहेको छ । शायद उसले आफ्नो इरादा पक्का बनाइसकेको छ । 

डुबिरहेका अडानीले अरूलाई धनी बनाइदिन्छन् त ? अडानीका शेयरमा पैसा लगाउने यो सही समय हो त ? मार्केटको सोच के छ ? अडानी यस समस्याबाट बाहिर निस्कन सक्छन् त ? 

यी प्रश्नहरू आम लगानीकर्ताको मनमा खेलिरहेका छन् । 

आजभन्दा १० दिनअघि अडानी संसारकै दोस्रा सबभन्दा धनी व्यक्ति थिए । अहिले उनको सम्पत्ति रसातलमा पुगेको छ । उनी संसारमा सबभन्दा द्रुत गतिमा उदाइरहेका उद्योगपति थिए । तर हिन्डनबर्ग रिसर्च नामक कम्पनीले दिएको झड्काका कारण अडानीको शेयर झरेको झर्‍यै छ । 

अडानीले १ अर्ब डलर बराबरको सम्पत्ति गुमाइसकेका छन् । संसारका शीर्ष धनाढ्यको सूचीमा उनी २० औं स्थानमा पनि छैनन् । 

ग्लोबल सीआईओ नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत ग्रे डुगानले बजारमा सबै कुरा द्रुत गतिमा परिवर्तन भइरहेको बताए । अब विदेशी लगानीकर्ताहरूले भारतीय शेयर बजारमा पैसा खन्याउनुअघि १०० पटक सोच्ने उनको भनाइ छ । पैसा लगानी गर्नुअघि उनीहरू जोखिम पहिचान गर्नतर्फ लाग्नेछन् । 

विज्ञहरूका अनुसार, अडानीका शेयर यसैगरी खसिरहेमा लगानीकर्ताहरूको विश्वास गुम्नेछ । महत्त्वपूर्ण समयमा भारतको विकासलाई यसले झड्का दिनेछ । 

अडानीको खस्दो शेयरलाई किन्ने यो सही समय हो त ? विज्ञहरू केही दिन अझै निगरानी गर्नुपर्ने बताउँछन् । अहिलेको स्थितिमा लगानी गर्नु सही नभएको उनीहरू बताउँछन् । 

ग्लोबल फाइनान्सियल सर्भिस नेटीसिक्स एसएको एसिया प्रशान्तका प्रमुख अर्थशास्त्री अलिसा गार्सिया अडानी विवाद गलत समयमा आएको बताउँछिन् । चीनले आफ्नो सीमा पूरा खोल्न लागेको अनि एप्पल इन्कले चीनको साटो भारतमा लगानीको तयारी गरिरहेको बेलामा अडानी प्रकरणमा संसारभरिका लगानीकर्ताको नजर रहने उनको भनाइ छ । 

स्विटजरल्यान्डको ज्युरिखमा रहेको जीएएम इन्भेस्टमेन्टका फन्ड म्यानेजर जियान शाइ क्रोट्सीले अडानी विवादका कारण नकारात्मक माहोल बनिरहेको बताए । भारतीय बजार अडानीकै कारण कमजोर बनिरहेको त भन्न नमिल्ने तर चीनको तुलनामा चाहिँ पक्का कमजोर बनेको उनको भनाइ छ । 

हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन, अडानी ग्रीन इनर्जी, अडानी पावर लगायत कम्पनीहरूको शेयर स्वाट्टै घटेको छ । लगानीकर्ताहरूको १० लाख करोड भारु स्वाहा भएको छ । 

अडानीका समस्या घट्नुको साटो लगातार बढिरहेका छन् । डाउ जोन्स सस्टेनिबिलिटी इन्डायसेसले अडानी इन्टरप्राइजेजलाई ईएसजी इन्डेक्सबाट हटाउने जानकारी दिएको छ । 

अनि क्रेडिट रेटिङ एजेन्सी क्रिसिलले अडानीको आउटस्ट्यान्डिङ रेटिङलाई पनि निगरानीमा राखिएको बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x