३२ असार २०८३, बिहीबार

हिन्डनबर्गको रिपोर्टपछि अडानी डुब्छन् कि फेरि उकासिन्छन् ?

माघ २०, २०७९
हिन्डनबर्गको रिपोर्टपछि अडानी डुब्छन् कि फेरि उकासिन्छन् ?

भारतको उत्तर प्रदेशमा रहेको नोयडास्थित इलेक्ट्रोनिक सिटीबाट दिल्ली जाने मेट्रोको कोच खचाखच भरिएको छ । 

अफिसको पीक टाइम चलिरहेको छ । मुम्बईमा शेयर बजारको कारोबार शुरू हुनै लागेको छ । 

कोचमा एक व्यक्ति फोनमा कुरा गरिरहेको छ । ऊ भनिरहेको छ, ‘अरे यार, हर्षद मेहता र जेफ बेजोस पनि त अडानी जस्ताको शेयर किनेर नै धनी भएका थिए । के गरूँ भन् न ?’

फोनमा कुरा गरिरहेको लगभग ३५ वर्षको जस्तो देखिने यो व्यक्ति साथीसँग तर्कवितर्क गरिरहेको छ । 

‘फ्लिपकार्ट, नाइकी र अमेजनको हालत यस्तो भएको भए म सोचविचार नै गर्ने थिइनँ । तर गौतम अडानीको प्रतिस्पर्धी बजारमै छैन । ऊ डुब्दैन । अडानीको कम्पनी डुबेमा मेरो २ लाख भारु पनि डुब्छ । तर ऊ उकासियो भने मेरो २ लाख सिधै १० लाख भारु हुन्छ ।’

फोनमा बोलिरहेको व्यक्ति आफैंलाई अनि आफ्नो साथीलाई सान्त्वना दिइरहेको छ । शायद उसले आफ्नो इरादा पक्का बनाइसकेको छ । 

डुबिरहेका अडानीले अरूलाई धनी बनाइदिन्छन् त ? अडानीका शेयरमा पैसा लगाउने यो सही समय हो त ? मार्केटको सोच के छ ? अडानी यस समस्याबाट बाहिर निस्कन सक्छन् त ? 

यी प्रश्नहरू आम लगानीकर्ताको मनमा खेलिरहेका छन् । 

आजभन्दा १० दिनअघि अडानी संसारकै दोस्रा सबभन्दा धनी व्यक्ति थिए । अहिले उनको सम्पत्ति रसातलमा पुगेको छ । उनी संसारमा सबभन्दा द्रुत गतिमा उदाइरहेका उद्योगपति थिए । तर हिन्डनबर्ग रिसर्च नामक कम्पनीले दिएको झड्काका कारण अडानीको शेयर झरेको झर्‍यै छ । 

अडानीले १ अर्ब डलर बराबरको सम्पत्ति गुमाइसकेका छन् । संसारका शीर्ष धनाढ्यको सूचीमा उनी २० औं स्थानमा पनि छैनन् । 

ग्लोबल सीआईओ नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत ग्रे डुगानले बजारमा सबै कुरा द्रुत गतिमा परिवर्तन भइरहेको बताए । अब विदेशी लगानीकर्ताहरूले भारतीय शेयर बजारमा पैसा खन्याउनुअघि १०० पटक सोच्ने उनको भनाइ छ । पैसा लगानी गर्नुअघि उनीहरू जोखिम पहिचान गर्नतर्फ लाग्नेछन् । 

विज्ञहरूका अनुसार, अडानीका शेयर यसैगरी खसिरहेमा लगानीकर्ताहरूको विश्वास गुम्नेछ । महत्त्वपूर्ण समयमा भारतको विकासलाई यसले झड्का दिनेछ । 

अडानीको खस्दो शेयरलाई किन्ने यो सही समय हो त ? विज्ञहरू केही दिन अझै निगरानी गर्नुपर्ने बताउँछन् । अहिलेको स्थितिमा लगानी गर्नु सही नभएको उनीहरू बताउँछन् । 

ग्लोबल फाइनान्सियल सर्भिस नेटीसिक्स एसएको एसिया प्रशान्तका प्रमुख अर्थशास्त्री अलिसा गार्सिया अडानी विवाद गलत समयमा आएको बताउँछिन् । चीनले आफ्नो सीमा पूरा खोल्न लागेको अनि एप्पल इन्कले चीनको साटो भारतमा लगानीको तयारी गरिरहेको बेलामा अडानी प्रकरणमा संसारभरिका लगानीकर्ताको नजर रहने उनको भनाइ छ । 

स्विटजरल्यान्डको ज्युरिखमा रहेको जीएएम इन्भेस्टमेन्टका फन्ड म्यानेजर जियान शाइ क्रोट्सीले अडानी विवादका कारण नकारात्मक माहोल बनिरहेको बताए । भारतीय बजार अडानीकै कारण कमजोर बनिरहेको त भन्न नमिल्ने तर चीनको तुलनामा चाहिँ पक्का कमजोर बनेको उनको भनाइ छ । 

हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन, अडानी ग्रीन इनर्जी, अडानी पावर लगायत कम्पनीहरूको शेयर स्वाट्टै घटेको छ । लगानीकर्ताहरूको १० लाख करोड भारु स्वाहा भएको छ । 

अडानीका समस्या घट्नुको साटो लगातार बढिरहेका छन् । डाउ जोन्स सस्टेनिबिलिटी इन्डायसेसले अडानी इन्टरप्राइजेजलाई ईएसजी इन्डेक्सबाट हटाउने जानकारी दिएको छ । 

अनि क्रेडिट रेटिङ एजेन्सी क्रिसिलले अडानीको आउटस्ट्यान्डिङ रेटिङलाई पनि निगरानीमा राखिएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्